काँग्रेस केन्द्रीय समितिको बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अगामी कात्तिक ४ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ । बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस